आयल निगमले एलपी ग्यासको आयात बढायो, निर्वाचनमा पनि अभाव नहुने

काठमाडौंm १३ फागुन । फागुन २१ गते हुने निर्वाचनलाई मध्यनजर गर्दै नेपाल आयल निगमले खाना पकाउने एलपी ग्यासको आयात बढाएको छ। निर्वाचनको समयमा बजारमा ग्यासको अभाव हुन नदिन निगमले भारतीय आयल कर्पोरेसन (आईओसी) बाट ग्यासको लोडिङ उच्च दरमा गरिरहेको निगमले जनाएको छ।

निगमका अनुसार हिजो (मंगलबार) यो वर्षकै सबैभन्दा बढी परिमाणमा ग्यास लोड भएको छ। मंगलबार एकै दिन १३८ बुलेट ग्यास लोड भएको निगमले जानकारी दिएको छ। यो परिमाण करिब १ लाख ७३ हजार ८०० सिलिन्डर बराबर हुन आउँछ।

नेपाल आयल निगमका कार्यकारी निर्देशक चण्डिका भट्टका अनुसार यो परिणामले आम उपभोक्तालाई सहज रुपमा ग्याँस पाईने छ । निर्वाचनको अवधिमा पनि ग्यासको आपूर्ति यसरी नै नियमित हुने भन्दै उपभोक्तालाई ढुक्क रहन उनले आग्रह गरेका छन्। बजारमा कृत्रिम अभाव सिर्जना हुन नदिन निगमले भण्डारण र वितरण प्रणालीलाई चुस्त राखेको जनाएको छ। यसले गर्दा आम उपभोक्तालाई ग्यास उपलब्ध हुने विश्वास गर्न सकिन्छ ।

 

प्रतिक्रिया दिनुहोस्