यस्तो छ, आजको लागि विदेशी मुद्राको विनिमयदर

काठमाडौं, १२ फागुन । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ।

निर्धारण गरिएको विनिमयदरअनुसार अमेरिकी डलर एकको खरिददर १४५ रूपैयाँ १२ पैसा र बिक्रीदर १४५ रूपैयाँ ७२ पैसा तोकिएको छ। सोमबार एकको खरिददर १४५ रूपैयाँ २८ पैसा र बिक्रीदर १४५ रूपैयाँ ८८ पैसा थियो।

यस्तै, युरोपियन युरो एकको खरिददर १७१ रूपैयाँ चार पैसा र बिक्रीदर १७१ रूपैयाँ ७५ पैसा तोकिएको छ। सोमबार यसको भाउ एकको खरिददर १७१ रूपैयाँ १६ पैसा र बिक्रीदर १७१ रूपैयाँ ८७ पैसा थियो।

अस्ट्रेलियन डलर एकको खरिददर १०२ रूपैयाँ ६१ पैसा र बिक्रीदर १०३ रूपैयाँ चार पैसा तोकिएको छ। सोमबार यसको भाउ एकको खरिददर १०२ रूपैयाँ ९१ पैसा र बिक्रीदर १०३ रूपैयाँ ३३ पैसा थियो।

युके पाउण्ड स्ट्रलिङ एकको खरिददर १९५ रूपैयाँ ७९ पैसा र बिक्रीदर १९६ रूपैयाँ ६० पैसा, स्वीस फ्रयाङ्क एकको खरिददर १८७ रूपैयाँ दुई पैसा र बिक्रीदर १८७ रूपैयाँ ८० पैसा कायम गरिएको छ।

क्यानेडियन डलर एकको खरिददर १०६ रूपैयाँ चार पैसा र बिक्रीदर १०६ रूपैयाँ ४८ पैसा, सिङ्गापुर डलर एकको खरिददर ११४ रूपैयाँ ६१ पैसा र बिक्रीदर ११५ रूपैयाँ आठ पैसा तोकिएको छ।

जापानी येन १० को खरिददर नौ रूपैयाँ ३७ पैसा र बिक्रीदर नौ रूपैयाँ ४१ पैसा, चिनियाँ युआन एकको खरिददर २१ रूपैयाँ एक पैसा र बिक्रीदर २१ रूपैयाँ नौ पैसा, साउदी अरेबियन रियाल एकको खरिददर ३८ रूपैयाँ ६८ पैसा र बिक्रीदर ३८ रूपैयाँ ८४ पैसा, कतारी रियाल एकको खरिददर ३९ रूपैयाँ ७० पैसा र बिक्रीदर ३९ रूपैयाँ ८७ पैसा कायम भएको छ ।

केन्द्रीय बैंकका अनुसार थाई भाट एकको खरिददर चार रूपैयाँ ६८ पैसा र बिक्रीदर चार रूपैयाँ ७० पैसा, युएई दिराम एकको खरिददर ३९ रूपैयाँ ५१ पैसा र बिक्रीदर ३९ रूपैयाँ ६७ पैसा, मलेसियन रिंगेट एकको खरिददर ३७ रूपैयाँ ३० पैसा र बिक्रीदर ३७ रूपैयाँ ४५ पैसा, साउथ कोरियन वन १०० को खरिददर १० रूपैयाँ छ पैसा र बिक्रीदर १० रूपैयाँ १० पैसा, स्वीडिस क्रोनर एकको खरिददर १६ रूपैयाँ र बिक्रीदर १६ रूपैयाँ सात पैसा र डेनिस क्रोनर एकको खरिददर २२ रूपैयाँ ८९ पैसा र बिक्रीदर २२ रूपैयाँ ९९ पैसा तोकिएको छ।

राष्ट्र बैंकले हङकङ डलर एकको खरिददर १८ रूपैयाँ ५६ पैसा र बिक्रीदर १८ रूपैयाँ ६४ पैसा, कुवेती दिनार एकको खरिददर ४७५ रूपैयाँ ३४ पैसा र बिक्रीदर ४७७ रूपैयाँ ३० पैसा, बहराइन दिनार एकको खरिददर ३८४ रूपैयाँ ८८ पैसा र बिक्रीदर ३८६ रूपैयाँ ४७ पैसा, ओमनी रियाल एकको खरिददर ३७६ रूपैयाँ ९६ पैसा र बिक्रीदर ३७८ रूपैयाँ ५२ पैसा रहेको छ। यस्तै, भारतीय रूपैयाँ एक सयको खरिददर १६० रूपैयाँ र बिक्रीदर १६० रूपैयाँ १५ पैसा तोकिएको छ।

राष्ट्र बैंकले यो विनिमयदरलाई आवश्यकतानुसार जुनसुकै समयमा पनि संशोधन गर्न सकिने जनाएको छ। वाणिज्य बैंकले तोक्ने विनिमयदर भने फरक हुनसक्ने र अद्यावधिक विनिमयदर केन्द्रीय बैंकको वेबसाइटमा उपलब्ध हुने जनाइएको छ।

प्रतिक्रिया दिनुहोस्