दल तथा व्यक्तिविरुद्ध लाञ्छना लगाउनेलाई गृहले कारबाहरी गर्ने
काठमाडौं, ११, फागुन । प्रतिनिधि सभाकोे निर्वाचन नजिकिंदै गर्दा चुनाव प्रचारलाई कडा बनाइएको छ । निर्वाचन प्रचारका विभिन्न जिल्लाहरूमा राजनीतिक दल तथा व्यक्तिविरुद्ध लाञ्छना लगाउने घटना भइरहेको भन्दै गृह मन्त्रालयले त्यसबारे ध्यानाकर्षण जारी गर्दा कडा व्यक्ति गत र रजनीतिक लान्छना लगाईएमा गृहले कारबाहरी गर्ने भएको छ ।
आइतबार गृहमन्त्री ओमप्रकाश अर्यालले मन्त्रालयका अधिकारी सहित सुरक्षाकर्मीहरूसँग त्यसबारे छलफल गरेका छन् । फागुन २१ मा हुने प्रतिनिधिसभा सदस्यको निर्वाचनविरोधी गतिविधि र दल तथा व्यक्तिहरूविरुद्ध लाञ्छना लगाउने कार्य दण्डनीय भएकाले त्यस्तो गतिविधिमा संलग्नलाई कानुनी दायरामा ल्याउने निर्णय गरिएको गृह मन्त्रालयकी सहप्रवक्ता (उपसचिव) रमा आचार्य सुवेदीले बताए । उनले भनिन्, ‘यस्तो कार्य गर्ने जो कोही व्यक्तिलाई कानुनी दायरामा ल्याई कारबाही हुने मन्त्रालयले स्पष्ट पारेको छ ।’
गृह मन्त्रालयले निर्वाचन बिरोधी गतिविधि गर्ने, टायर बाल्ने, राँके जुलुस निकाल्ने र सार्वजनिक सम्पत्ति तोडफोड गर्नेलगायत घटनामा ध्यानाकर्षण भएको जनाएको छ ।
त्यस्तै धार्मिक सम्प्रदायबिचको सम्बन्धमा खलल पार्ने र हिंसात्मक गतिविधि गर्नेहरूलाई कानुनअनुसार कारबाही गरिने उपसचिव सुवेदीले बताइन् । निर्वाचन विथोल्ने प्रयास गर्ने अवान्छित तत्वहरुलाई पनि निगरानी गर्ने भएको छ ।















प्रतिक्रिया दिनुहोस्