कांग्रेसले प्रतिज्ञापत्र सार्वजनिक, भ्रष्टाचार अन्त्यदेखि नागरिकलाई घरमै सरकारी सेवासम्म
काठमाडौंं, ६ माघ । नेपाली कांग्रेसले प्रतिज्ञापत्र सार्वजनिक गरेको छ । पार्टीले सार्वजनिक गरेको प्रतिज्ञापत्रमा अदालत, संवैधानिक निकाय, प्रहरी, विश्वविद्यालयलगायतका राज्यका संस्थाहरूमा दलीयकरणको अन्त्य गर्ने प्रतिज्ञा गरेको छ।
आज जनकपुरबाट सार्वजनिक गरिएको प्रतिज्ञापत्रमा नेपाल आम नागरिकदेखि सत्ताको जुनसुकै ओहदामा बसेका मानिस पनि कानूनको नजरमा समान हुने व्यवस्था गर्ने उल्लेख छ।
भनिएको छ, ‘निमुखालाई ऐन र ठूलालाई चैन हुने विभेदकारी अवस्थाको अन्त्य हुनेछ । सरकारी सेवाका ढोका सबैका लागि समान रूपमा खुला रहनेछन् । अदालत, संवैधानिक निकाय, प्रहरी, विश्वविद्यालय लगायतका राज्यका संस्थाहरूमा दलीयकरणको अन्त्य हुनेछ ।’
स्वच्छ र पारदर्शी छनोट प्रक्रियामार्फत ज्ञान, इमान र क्षमता भएका योग्य एवं संविधानप्रति वफादार नागरिकहरू नियुक्त हुने वातावरण बनाउने उल्लेख छ।
प्रतिज्ञापत्रमा भनिएको छ, ‘राज्यका हरेक सेवामा प्रविधिको उच्चतम प्रयोग गर्दै डिजिटल नेपालु को अवधारणा साकार पारिनेछ, जसले भ्रष्टाचार र सरकारी ढिलासुस्तीको जरैदेखि अन्त्य गर्नेछ । नागरिकले घरमै बसेर सहजतापूर्वक सरकारी सेवा पाउने छन् । निर्भयतापूर्वक सरकारसँग प्रश्न गर्न र जवाफ माग्न सक्ने लोकतान्त्रिक वातावरण सुनिश्चित हुनेछ ।’















प्रतिक्रिया दिनुहोस्