मधेश प्रदेशकी संस्थापक सभापति ममता शर्माले रास्वपा परित्याग गरिन, मधेश रास्वपामा पहिरो
काठमाडौं, ६ फागुन । निर्वाचन पुर्वसन्ध्याहमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) मधेश प्रदेशकी संस्थापक सभापति ममता शर्माले पार्टी परित्याग गरेकी छन् ।
हाल पार्टीको केन्द्रीय महिला तथा समाजिक विकास विभागकी सदस्यसमेत रहेकी उनले पार्टीको साधारण सदस्यसमेत नरहने गरी राजीनामा दिएकी हुन्।
विज्ञप्ति जारी गर्दै उनले पार्टीमा इमानदार व्यक्तिहरुको मूल्यांकन नभएको र आर्थिक अनियमितता भएको आरोप लगाउँदै पार्टीमा बस्न नसकेको बताउकी छिन् ।
उनले भनेकी छिन्, ‘आर्थिक अनियमितताबाट पार्टीका निर्णयहरु प्रेरित भएकोबाट मेरो आत्मसम्मान र राजनीतिक मुल्यहरु माथि आँच आउने परिस्थिति बनेको छ । यी सबै क्रियाकलापहरुको साक्षी बसेर म अब मौन रहिरहन असमर्थ छु । त्यसकारण आजकै मितिदेखि लागू हुने गरी म यस पार्टीको साधारण सदस्य समेत नरहने गरी आफ्नो राजिनामा पेश गर्दछु ।’
यसअघि पनि टिकट वितरणका क्रममा आर्थिक चलखेल भएको भन्दै रास्वपाका केही नेताहरुले पार्टी छोडेका थिए । यसले गर्दा मधेशमा रास्वपामा पहिरो गएको छ । यसबाट पार्टीले ठुलो क्षति व्यहोर्नु पर्ने छ । पार्टीमा एक पछि आर्काे गरि पार्टी परित्याग र आर्थिक अपादर्शीृता माथी प्रश्न उठ्दै आएको छ ।















प्रतिक्रिया दिनुहोस्