‘आज प्रतिज्ञापत्र’ सार्वजनिक गर्दै कांग्रेस

काठमाडौं, ६ फागुन । नेपाली कांग्रेसले आज जनकपुरमा गर्ने सभामार्फत् चुनावी प्रतिज्ञापत्र सार्वजनिक गर्दैछ ।

फागुन २१ गते प्रतिनिधि सभाका सदस्यको निर्वाचनलाई लक्षित गर्दै काँग्रेसले जनकपुरबाट सार्वजनिक हुने प्रतिज्ञा पत्रबारे ललितपुरको सानेपास्थित पार्टी केन्द्रीय कार्यालयमा पत्रकार सम्मेलन गरेर विस्तृत जानकारी दिइने कांग्रेस प्रवक्ता देवराज चालिसेले जानकारी दिए ।

नेपाली कांग्रेस मधेश प्रदेश कार्यसमितिको आयोजनामा आज कांग्रेसले जनकपुरधाममा सभा गर्दैछ । ‘प्रतिज्ञा सभा’ नाम दिइएको यस चुनावी सभालाई सभापति गगन थापाले सम्बोधन गर्नेछन् । सोही क्रममा उनले चुनावी घोषणा पत्र सार्वजनिक गर्नेछन् । चुनावी घोषणापत्रलाई कांग्रेसले ‘प्रतिज्ञापत्र’ नाम दिएको छ ।

कांग्रेस मधेश प्रदेश समितिका सभापति कृष्णप्रसाद यादवले सभामा एक लाख मानिसहरुको सहभागी गराउने लक्ष्य रहेको बताए । यसले काँगैसमा उत्साहा बनाएको छ । यो सभाले मधेश, पहाड र हिमाललाई जोड्ने नेतानहरुको भनाई छ ।

 

प्रतिक्रिया दिनुहोस्