धनगढी उप–महानगरपालिकाले जनप्रतिनिधिको तलवमा मात्रै बार्षिक डेढ करोड खर्च गर्ने

धनगढी । उप–महानगरपालिकाले जनप्रतिनिधिको तलवमा मात्रै बार्षिक झण्डै डेढ करोड खर्च गर्ने भएको छ । प्रदेश सभा संसदले भर्खरै पास गरेको सेवा सविधाको विधयेक अनुसार उप–महानगरपालिकाले जनप्रतिनिधिको तलवमा मात्रै एक करोड ४८ लाख ७२ हजार खर्च गर्ने भएको हो ।

उप–महानगरपालिकाका मेयर, उपमेयर, वडा अध्यक्ष, कार्यपालिका सदस्य र वडा सदस्यको तलवको लागि सो रकम खर्च हुनेछ । प्रदेश सभा संसदले पास गरेको विधयेक अनुसार उप–महानगरपालिकाको मेयरको तलव ४० हजार छ ।सो अनुसार धनगढीका मेयर नृप ओडले बार्षिक ४ लाख ८० हजार तलव मात्रै पाउने भएका छन् ।

उप मेयर शुसीला मिश्र भट्टले माषिक ३० हजारका दरले बार्षिक ४ लाख २० हजार तलव पाउने भएकी छन् । १९ जना वडा अध्यक्षले मासिक २४ हजारका दरले ५४ लाख ५२ हजार, ९० जना वडा सदस्यले मासिक ७ हजारका दरले बार्षिक ७५ लाख ६० हजार र ८ जना कार्यपालिका सदस्यले माषिक १० हजारका दरले ९ लाख ६० हजार तलव पाउने भएका छन् । ९५ जना वडा सदस्य रहेकोमा ५ जना नगर कार्यपालिका सदस्य पनि भएकाले उनिहरुले कार्यपालिका सदस्यको मात्रै तलव खान पाउने भएका छन् ।

यो बाहेक जनप्रतिनिधिहरुले विभिन्न बैठक, गोष्ठीहरुमा पाउने भक्ता भने छुट्टै हुनेछ ।

 

प्रतिक्रिया दिनुहोस्