बंगलादेशमा दुई दशकपछि बीएनपी सत्तामा फर्कदै, तारिक रहमानले शपथ लिँदै
काठमाडौं, ५ फागुन । गलादेश नेसनल पार्टी (बीएनपी) दुई दशकपछि मंगलबार औपचारिक रूपमा सत्तामा फर्कदैछ। फेब्रुअरी १२ मा सम्पन्न १३औँ राष्ट्रिय संसदीय निर्वाचनमा पार्टीले भारी मतका साथ विजय हासिल गरेपछि, बीएनपीका अध्यक्ष तथा पहिलो पटक सांसद बनेका तारिक रहमानले प्रधानमन्त्रीको रूपमा शपथ लिँदैछन्।
मन्त्रिपरिषद्को शपथ ग्रहण समारोह संसद भवनको साउथ प्लाजामा आयोजना गरिनेछ। राष्ट्रपति भवनमा सपथ ग्रहण गराउने दशकौँ पुरानो परम्परा तोड्दै, साउथ प्लाजामा आयोजित यो कार्यक्रमले २०२४ को ‘मनसुन क्रान्ति’ का क्रममा ज्यान गुमाएका सहिदहरूको योगदानलाई सम्मान गर्नेछ। सोही आन्दोलनले आवामी लिग सरकारको सबैभन्दा लामो कार्यकालको अन्त्य गरेको थियो।
मंगलबार संसद भवनमा नयाँ संसदीय कार्यकाल र सरकार गठन प्रक्रियाको औपचारिक सुरुवात स्वरूप महत्त्वपूर्ण संवैधानिक कार्यक्रमहरू हुनेछन्। बिहान १०स्०० बजे, नवनिर्वाचित २९७ सांसदहरूलाई प्रमुख निर्वाचन आयुक्त एएमएम नासिर उद्दिनले संसदको ओथ रुममा शपथ खुवाउनेछन्। त्यसपछि उनीहरूले संवैधानिक सुधार परिषद्को सदस्यता ग्रहण गर्नेछन्।
सबैभन्दा पहिले तारिक रहमानसहित बीएनपीका सांसदहरूले शपथ लिनेछन्। त्यसपछि बंगलादेश जमात(ए(इस्लामी, नेशनल सिटिजन पार्टी, बंगलादेश खिलाफत मजलिस, खेलफत मजलिस, गण अधिकार परिषद, बंगलादेश जातीय पार्टी, गणसंहति आन्दोलन र स्वतन्त्र सांसदहरूको पालो आउनेछ।
आधिकारिक नतिजा अनुसार बीएनपीले २०९ सिट जितेको छ भने उसका सहयोगी दलहरू गण अधिकार परिषद र बंगलादेश जातिय पार्टीले एक(एक सिट जितेका छन्। गणसंहति आन्दोलनले पनि प्रतिनिधित्व सुनिश्चित गरेको छ।
६८ सिटसहित बंगलादेश जमात(ए(इस्लामी प्रमुख प्रतिपक्षी दल बनेको छ, जसमा उसका गठबन्धनका साझेदारहरू नेशनल सिटिजन पार्टी ९६०, बंगलादेश खिलाफत मजलिस ९२० र खेलफत मजलिस ९१० रहेका छन्। इस्लामी आन्दोलन बंगलादेशले एक सिट जित्दा सात निर्वाचन क्षेत्रमा स्वतन्त्र उम्मेदवार विजयी भएका छन्।
यसअघि शुक्रबार निर्वाचन आयोगले २९९ मध्ये २९७ संसदीय सिटको राजपत्र प्रकाशित गरेको थियो। कानुनी जटिलताका कारण चट्टोग्राम(२ र चट्टोग्राम(४ को नतिजा रोकिएको छ भने शेरपुर(३ मा जमात(ए(इस्लामीका उम्मेदवारको मृत्यु भएपछि मतदान स्थगित गरिएको थियो।
दिउँसो ४स्०० बजे राष्ट्रपति मोहम्मद सहाबुद्दिनले साउथ प्लाजामा नयाँ मन्त्रिपरिषद् सदस्यहरूलाई शपथ खुवाउनेछन्। संसद सचिवालयका सचिव कनिज मौलाका अनुसार शनिबारदेखि नै मन्त्रिपरिषद् महाशाखा र संसद सचिवालयले व्यापक तयारी गरिरहेका छन्।
सांसदहरूको सपथपछि, पूर्ण बहुमत प्राप्त बीएनपीको संसदीय दलको बैठकले आफ्नो संसदीय नेता चयन गर्नेछ। सदनको नेताले त्यसपछि राष्ट्रपतिलाई भेटेर सरकार गठनको दाबी पेश गर्नेछन्।
लगत्तै राष्ट्रपतिले दलको नेतालाई प्रधानमन्त्री नियुक्त गर्नेछन्, जसले आफ्नो मन्त्रिपरिषद् चयन गर्नेछन्। राष्ट्रप्रमुखका हैसियतले राष्ट्रपतिले पहिले प्रधानमन्त्रीलाई र त्यसपछि मन्त्री, राज्यमन्त्री र उपमन्त्रीहरूलाई शपथ खुवाउनेछन्।
समारोहमा विदेशी विशिष्ट पाहुनासहित करिब १,००० अतिथि सहभागी हुने अपेक्षा गरिएको छ। माल्दिभ्सका राष्ट्रपति मोहम्मद मुइज्जु, भुटानका प्रधानमन्त्री छिरिङ तोब्गे र भारतको लोकसभाका सभामुख ओम बिर्लाको उपस्थिति निश्चित भएको छ। नेपाल, श्रीलंका र पाकिस्तानका विदेश मन्त्रीहरू पनि सहभागी हुनेछन्।
भारतका प्रधानमन्त्री नरेन्द्र मोदी, पाकिस्तानका प्रधानमन्त्री शहबाज सरिफ र मलेसियाका प्रधानमन्त्री अनवर इब्राहिमसहित एक दर्जनभन्दा बढी देशका सरकार प्रमुखहरूलाई निमन्त्रणा गरिएको थियो। फेब्रुअरी १६(२० सम्म नयाँ दिल्लीमा हुने इन्डिया(एआई इम्प्याक्ट समिटका कारण मोदीको प्रतिनिधित्व ओम बिर्लाले गर्नेछन्।
भारतीय विदेश सचिव विक्रम मिस्री पनि सहभागी हुने सम्भावना छ। चीन, साउदी अरेबिया, टर्की, युएई, कतार र ब्रुनाईका नेताहरूलाई पनि निमन्त्रणा गरिएको थियो। एजेन्सी















प्रतिक्रिया दिनुहोस्