एमाले अध्यक्ष ओली आज झापाको दमकमा भिन्न कार्यक्रममा सहभागी हुँदै
काठमाडौं, ५ फागुन । नेपाल कम्युनिष्ट पार्टी (एमाले) का अध्यक्ष तथा पूर्व प्रधानमन्त्री केपी शर्मा ओली आज झापाको दमक नगरपालिका क्षेत्रमा विभिन्न कार्यक्रमहरूमा सहभागी हुने भएका छन् । निर्वाचन लक्ष्यित कार्यक्रममा अध्यक्ष ओलीले आज दिनभर दमकका विभिन्न वडामा स्थानीय नागरिकसँग भेटघाट र संवाद गर्ने भएका हुन् ।
कार्यक्रमअनुसार बिहान साढे ११ बजे देखि १२ बजेसम्म वडा नम्बर ३ को दुम्से चोक टुकुरेमा उनी सहभागी हुनेछन् । त्यसपछि १२ः२० देखि १ बजेसम्म वडा नम्बर ८ को संगम चोक, कृष्ण मन्दिर नजिक धनपति मैनालीको घरमा कार्यक्रम तय गरिएको निर्वाचन परिचालन समिति अन्तर्गतको मिडिया परिचालन उपसमिती संयोजक इन्द्र भण्डारीले जानकारी दिए ।
उनका अनुसार दिउँसो १ः२० देखि २ बजेसम्म वडा नम्बर १० को सूर्य चोकमा उपस्थित हुने कार्यक्रम छ । त्यसैगरी २ः२० देखि ३ बजेसम्म गुम्बा चोक र मुना चोक क्षेत्रमा, तथा ३ः२० देखि ४ बजेसम्म किराँत चोकमा कार्यक्रम सञ्चालन हुने जनाइएको छ।
आजको भ्रमणका क्रममा अध्यक्ष ओलीले स्थानीय कार्यकर्ता र सर्वसाधारणसँग प्रत्यक्ष संवाद गर्ने कार्यक्रम रहेको ओलीको निर्वाचन कमान्डर देवेन्द्र दाहालले जानकारी दिए । यसले नागरिकसँग प्रत्यक्ष संवाद हुने छ । निर्वाचन आयोगले हिजो फागनु ४ गतेदेखि उम्मेदवारलाई निर्वाचन प्रसार प्रचार गर्न अनुमती दिएको छ ।















प्रतिक्रिया दिनुहोस्