सरकारले माग पूरा नगरे सत्याग्रह थाल्ने डा.केसीको चेतावनी

काठमाडौं । चिकित्साशिक्षा सुधारका अभियन्ता प्रा.डा.गोविन्द केसीले छात्रवृत्तिमा अध्ययन गरेका चिकित्सकले गर्नुपर्ने भनिएको अनिवार्य सरकारी सेवाको अवधि पाँच वर्षबाट घटाइ दुई वर्ष कायम गर्न माग गरेका छन् ।

डा. केसीले बिहीबार एक विज्ञप्ति जारी गर्दै स्वास्थ्य मन्त्रालयले तयार पारेको छात्रवृत्ति व्यवस्थापन तथा परिचालन कार्यविधिमा शिक्षा मन्त्रालयले हचुवाको भरमा पाँच वर्ष सेवा गर्नुपर्ने व्यवस्था थप गरेको आरोप लगाएका छन् ।

तीन वर्षे स्नातकोत्तर तह अध्ययन गरेका चिकित्सकले दुई वर्ष सेवा गरे पुग्ने व्यवस्था कायम गरी चिकित्सा शिक्षा ऐन जारी गर्नुपर्ने डा. केसीको विज्ञप्तिमा उल्लेख छ । चिकित्सकहरुको अध्ययन, वृत्तिविकास ठप्प हुनेगरी जबर्जस्ती थोपरिने नियमले देशभर गुणस्तरीय सेवा पुर्‍याउन बाधा खडा गर्ने उनको भनाइ छ ।

६ बुँदे मागसहित जारी गरिएको विज्ञप्तिमा डा. केसीले सरकारले माग पूरा नगरे सत्याग्रह थाल्ने चेतावनीसमेत दिएका छन् ।

प्रतिक्रिया दिनुहोस्