सेनाले आफ्नो स्थापनाको २६३ औँ वार्षिकोत्सव भव्य रुपमा सम्पन्न, यस्तो छ तस्बिर
काठमाडौं, ३ फागुन। नेपाली सेनाले आफ्नो स्थापनाको २६३ औँ वार्षिकोत्सव भव्य
रुपमा सम्पन्न भएको छ ।
राष्ट्रपति रामचन्द्र पौडेलको प्रमुख आतिथ्यमा सैनिक टुँडिखेलमा आज महाशिवरात्रि बढाइँ तथा सेना दिवस विशेष समारोह आयोजना गरिएको छ ।
राष्ट्रपति पौडेल नेपाली सेनाको परमाधिपति हुन् । सेनाले महाशिवरात्रिको दिनलाई सेना दिवसका रूपमा मनाउँदै आएको छ । त्यस अवसरमा सैनिक मञ्चमा शिवरात्रि बढाइँसँगै परेड, तोप बढाइँ, कवाजलगायत सैनिक कला र विविध सांस्कृतिक कार्यक्रम प्रस्तुत गरिएको थियो ।
जङ्गीअङ्डामातहत पृतना, बाहिनी, गण र गुल्म तथा कूटनीतिक नियोग र शान्ति मिसनमा पनि विभिन्न कार्यक्रम गरी सेना दिवस मनाइएको छ ।





















प्रतिक्रिया दिनुहोस्