पशुपतिनाथ क्षेत्रमा महाशिवरात्रिको चहलपहल
काठमााडौ., २ फागुन । शिवरात्रीको पूर्व सन्धयामा पशुपतिनाथ मन्दिर र आसपासका क्षेत्रमा महाशिवरात्रिको चहलपहल बढेको छ । सो पर्वका अवसरमा दर्शन गर्न आउने साधुसन्तको चहलपहल पनि बढेको छ । हरेक वर्ष महाशिवरात्रिमा यहाँ ठूलै संख्यामा नेपालदेखि भारतसम्मका साधुसन्तको आउने गर्छन् ।
गुठी संस्थानले यस वर्ष शुक्रबारदेखि नै महाशिवरात्रि पर्व सुरु गरिसकेको छ । यस वर्ष फागुन ३ ९आइतबार० महाशिवरात्रि भए पनि संस्थानले शुक्रबारदेखि सुरु गरेर ५ गतेसम्म महाशिवरात्रि पर्व सञ्चालन गरिरहेको छ ।
महाशिवारात्रिका अवसरमा पर्वअवधिभर संस्थानले पशुपतिनाथ मन्दिर क्षेत्र तथा काठमाडौंका विभिन्न अखडाहरूमा साधुसन्तको सेवाको प्रबन्ध मिलाएको छ । जसमा दाउरा, भोजन, पूजा सामग्री र दक्षिणाको व्यवस्था गरेको छ ।
यस्तै फागुन ५ गते बिहान साधुसन्तलाई भोजन गराइएपछि दक्षताअनुसार विभिन्न रङका कार्ड वितरण गरी सोही कार्डका आधारमा तोकिएको दरअनुसार दक्षिणा दिएर बिदाइ गरिने छ ।
गत वर्ष महाशिवरात्रि पर्वमा पशुपतिनाथ मन्दिरमा २ हजार ३८९ जना साधुसन्त आएका थिए । उनीहरूलाई वर्गीकृत गरी दक्षिणासहित बिदाइ गरिएको थियो । जसमा दक्षिणा वितरणमा मात्र २० लाख ५८ हजार ६७१ रुपैयाँ खर्च भएको संस्थानले जनाएको छ । यस पटक पनि खर्च वितरण गर्नेछ ।















प्रतिक्रिया दिनुहोस्