आज सुनचाँदी दुबैको मुल्य घट्यो
काठमाडौं, १ फागुन । नेपाली बजारमा आज (शुक्रबार) सुनको मूल्य घटेको छ।
हिजो (बिहीबार) तोलामा एक सय रूपैयाँ घटेको सुनको भाउ यसदिन तीन हजार रूपैयाँ घटेको हो।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन प्रतितोला तीन लाख तीन हजार पाँच सय रूपैयाँ पुगेको छ।
बिहीबार सुन प्रतितोला तीन लाख ६ हजार पाँच सय रूपैयाँमा कारोबार भएको थियो।
अघिल्लो दिनको तुलनामा चाँदी मूल्य घटेको छ। बिहीबार तोलामा पाँच हजार तीन सय ४० रूपैयाँमा कारोबार भएको चाँदी शुक्रबार पाँच हजार रूपैयाँमा कारोबार भइरहेको छ। यो मूल्य अघिल्लो दिनको तुलनामा प्रतितोला तीन सय ४० रूपैयाँ घटेको हो।
अन्तर्राष्ट्रिय बजारमा आज सुन प्रतिऔंस चार हजार नौ सय ८७ अमेरिकी डलरमा कारोबार भइरहेको छ। यसले गर्दा खरिद कर्तालाई निकै कठिन बनाएको छ ।















प्रतिक्रिया दिनुहोस्