बागलुङ, रामरेखामा स्कुल भ्यान दुर्घटना हुँदा २४ बालबालिका घाइते

काठमाडौं, २९ माघ । फेरी अर्काे सवारी दुर्घटना भएको छ । बागलुङको मध्यपहाडी राजमार्गमा स्कुल भ्यान खसी दुर्घटना हुँदा २४ बालबालिका घाइते भएका छन् ।

बागलुङ नगरपालिका–१ रामरेखामा संचालित न्यू एभरेष्ट एकेडेमी स्कुलको विद्यार्थी बोकेको भ्यान लोकमार्गदेखि रात्माटा जाँदै गर्दा दुर्घटना भएको हो ।

बागलुङ नगरपालिका–३ स्थित नेपाल भाषा मंका खल बागलुङको भवन नजिकै ग ३ च ८६२१ नम्बरको भ्यान दुर्घटना भएको हो ।

दुर्घटनमा २४ जना विद्यार्थी घाइते भएको प्रहरी उपरीक्षक तिलक भारतीले जानकारी दिए । घाइतेको उद्धार गरी धौलागिरी अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।

लोकमार्गबाट अन्दाजी ५० मिटर तल शिवधारचोक जाने सडकमा भ्यान खसेको थियो ।

प्रतिक्रिया दिनुहोस्