नेप्से परिसूचक ९ अंक बढ्यो
काठमाडौं, २९ माघ । आज भने नेपाल स्टक एक्स्चेन्ज ९नेप्से० परिसूचक घट्ने क्रम रोकिएको छ ।
साताको सुरुवातदेखि निरन्तर घटेको नेप्से परिसूचक बिहीबार करिब ९ अंक बढेको छ । यसले गर्दा लगानी कर्तामा उत्सहा थपिएको छ ।
बिहीबार नेप्सेमा १ सय ३९ कम्पनीको सेयर मूल्य बढेको छ । त्यसैगरी १ सय १५ कम्पनीको सेयर मूल्य घटेको छ । यस दिन नेप्सेमा कारोबार भएका ६ कम्पनीको सेयर मूल्यमा भने कुनै परिवर्तन नआएको नेप्सेले जनाएको छ ।
यस दिन मध्यभोटेकोशी र रसुवागढी हाइड्रोपावर कम्पनीको सेयर मूल्य ९ प्रतिशतभन्दा धेरैले बढेको नेप्सेले जनाएको छ ।
बिहीबार नेप्सेमा कारोबार भएका धेरै जलविद्युत् कम्पनीको सेयर मूल्य बढेको छ । जलविद्युत् कम्पनीको सेयर मूल्यमा सुधार आए पनि समूहगत सूचक ३४।६५ अंक बढेको छ ।
त्यसैगरी बैंकिङ ४।७५, विकास बैंक ६६।८०, वित्त ८।५९, लगानी ०।६५, जीवन बीमा ६३।२२, उत्पादनमूलक ५५।०४ र सामूहिक लगानी कोष ०।०४ अंक बढेको नेप्सेले जनाएको छ । तर, बिहीबार होटल १२१।३४, लघुवित्त ०।६९, निर्जीवन बीमा १६।२७, अन्य ६।२१ र व्यापार समूह ३।५७ अंक घटेका छन् ।
बिहीबार नेप्सेसँगै कारोबार रकम पनि बढेको छ । यस दिने नेप्सेमा ३ सय ३७ कम्पनीको १ लाख ६ हजार कारोबारबाट २ करोड ७७ लाख ८० हजार ५ सय ८४ कित्ता सेयर ११ अर्ब १० करोड रुपैयाँमा खरिद–बिक्री भएको छ ।
यो कारोबार रकम बुधबारको तुलनामा धेरै हो । बुधबार नेप्सेमा ३ सय २९ कम्पनीको ८२ हजार ४ सय ५० कारोबारबाट २ करोड २२ लाख ८२ हजार ५० कित्ता सेयर ८ अर्ब ६९ करोड रुपैयाँमा खरिद–बिक्री भएको थियो ।
बिहीबार कारोबार सुरु हुँदा २६६२।१० अंकमा रहेको नेप्से सूचक ८।९७ अंक बढेर २६७१।०७ बिन्दु पुगेको छ । नेप्सेमा कारोबार भएका धेरै कम्पनीको सेयर मूल्य बढेपछि समग्र बजार सूचक सकारात्मक भएको हो ।
नेपाल धितोपत्र बोर्डले बुधबार मार्जिन कारोबार सुविधा निर्देशिका जारी गरेसँगै लगानीकर्ताको मनोबलमा सुधार आएको देखिन्छ । मार्जिन कारोबारपछि बैंक गएर कर्जा लिई ब्रोकरलाई तिर्नुपर्ने झन्झट अन्त्य हुने भएपछि बजारमा कारोबार बढ्ने तथा लगानी समेत बढाउन सकिने भएकाले लगानीकर्ताको मनोबल सकारात्मक भएको देखिन्छ ।















प्रतिक्रिया दिनुहोस्