आज सुन मुल्य समान्य घट्यो भने चाँदीको बढ्यो
काठमाडौं, २९ माघ । नेपाली बजारमा आज सुन मुल्य समान्य घटेको छ भने चाँदीको बढेको छ । तोलामा १०० रुपैँयाले सुनको मूल्य घट्दा चाँदीको मूल्य भने ५० रुपैँयाले बढेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज छापावाल सुन प्रतितोला ३ लाख ६ हजार ५०० र एक तोला चाँदीको मोल ५ हजार ३४० कायम भएको छ ।
बुधबार छापावाल सुन प्रतितोला ३ लाख ६ हजार ६०० र एक तोला चाँदीको मोल ५ हजार २९० कायम भएको थियो । गत मङ्गलबार प्रतितोला सुन ३ लाख ५ हजार ५०० र एक तोला चाँदीको मोल ५ हजार २४० कायम भएको थियो । गत सोमबार एक तोला सुन ३ लाख ४ हजार ६०० र त्यति नै परिमाणको चाँदी ५ हजार २५० मा खरिदबिक्री भएको थियो ।
अन्तरराष्ट्रिय सञ्चारमाध्यमहरूका अनुसार आज एक औँस सुन पाँच हजार ८३ र त्यति नै चाँदी ८३ अमेरिकी डलरमा कारोबार भइरहेको छ ।















प्रतिक्रिया दिनुहोस्