रामेछाप बस दुर्घटना : क्षेतीपूर्ती दिने सहमती  पछि सबै कार्यक्रमहरु स्थगित

काठमाडौं, २९ माघ ।  रामेछाप बस दुर्घटना  मृतक, घाईते र पेपत्तालाई क्षेतीपूर्ती दिने र सवारी चालकलाई प्रचलित कानून बमोजिम कारवाही प्रक्रिया अगाडि बढाइने सहमती  पछि अवरोध खुलेको छ । दुर्घटनामा हराइरहेका आशंका गरिएकाको खोजी जारी राख्ने र हराईरहेका यात्रुको सम्बन्धमा पनि क्षतिपूर्ति सम्बन्धित निकायले उपलब्ध गराइने भएको छ ।

यस्तै, पीडित पक्षबाट प्राप्त माग पत्र र निवेदन कार्यान्वयन र सहजीकरणका लागि अरनिको यातायात, गृह मन्त्रालय र प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा पठाउने साथै पीडित पक्षबाट गरिएका विरोधका सबै कार्यक्रमहरु स्थगित गर्ने सहमति बनेको छ ।

यस्तै, सवारी साधन सञ्चालन गर्दा जीउधन जोखिम पार्ने गरी सवारी साधन अटेर गरी चलाएको पाइएमा प्रचलित कानून बमोजिम सवारी साधनको दर्ता खारेज गर्ने विषय पनि सहमतिमा उठाइएको छ । प्रत्येक स्थानीय तहमा स्थानीय सवारी साधनको सञ्चालन गर्न आवश्यक व्यवस्था मिलाइने, सवारी साधन सञ्चालन गर्ने सम्बन्धमा सम्बन्धित यातायात व्यवसायी तथा समितिले जिम्मेवारी बहन गर्ने र दायित्व पूरा गर्ने प्रतिवद्धता जनाइएको छ ।

रामेछाप भित्रिने तथा जिल्ला भित्रका सडकमा सञ्चालन हुने सवारी साधनको सीमा नाका तथा अन्य चेकप्वाइन्टमा प्रहरीले अनिवार्य चेकजाँच गरिने भएको छ । यात्रुको संख्या, सवारी प्रवेशको समय लगायतका अनिवार्य रूपमा अभिलेख राख्ने व्यवस्था मिलाइने भएको छ ।
काठमाडौं, २९ माघ । रामेछापको मन्थली नगरपालिका–६ मसानेटारमा मंगलबार भएको बस दुर्घटनापछि आन्दोलनरत मृतकका आफन्त तथा घाइतेका परिवारले आन्दोलन स्थगित गरेका छन् ।

१२ जनाको मृत्यु भएको घटनामा मृतकका आफन्त तथा घाइतेका परिवारले गरेको आन्दोलन स्थानीय प्रशासनको रोहवरमा सहमतिपछि स्थगित भएको हो । काठमाडौँबाट ओखलढुङ्गा जाँदै गरेको प्रदेश ३–०१–००५ ख ९९७५ नम्बरको बस मंगलबार तामाकोसी नदीमा खस्दा १२ जनाको मृत्यु भएको थियो ।

दुवै पक्षबीच भएको छलफलमा दुर्घटनामा मृत्यु भएका मृतकका परिवारलाई कानूनबमोजिम क्षतिपूर्ति दिइने सहमति भएको छ । जिल्ला सुरक्षा समितिको सहजीकरणमा पीडित पक्ष र अरनिको यातायातबीच भएको सहमतिपछि आफन्तले शव परीक्षण गरी दाहसंस्कारका लागि लगेका छन् ।

प्रतिक्रिया दिनुहोस्