सुन र चाँदी दुबै धातुको मुल्य सामान्य बढ्यो
काठमाडौं, २८ माघ । नेपाली बजारमा निरन्तर सुनरको मुल्य बढेको छ । आज पनि सुन र चाँदी दुबैको मुल्य बढेको छ । आज दिन सुन प्रतितोला एक हजार १०० रुपैयाँ र चाँदी तोलामा ५० रुपैयाँले बढेको छ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार यस दिन सुन प्रतितोला ३ लाख ६ हजार ६०० रुपैयाँमा कारोबार भइरहेको छ । मंगलबारको बजारमा सुन प्रतितोला ३ लाख ५ हजार ५०० रुपैयाँमा कारोबार भएको थियो ।
त्यस्तै, आज चाँदी तोलामा ५० रुपैयाँले बढेको छ । आजको बजारमा चाँदी प्रतितोला ५ हजार २९० रुपैयाँमा खरिदबिक्री भइरहेको छ । मंगलबारको बजारमा चाँदी तोला ५ हजार २४० रुपैयाँमा खरिदबिक्री भएको थियो ।















प्रतिक्रिया दिनुहोस्