टी-२० विश्वकपमा आज तीन खेल हुँदै, नेपालको समूहमा रहेको इंग्ल्याण्ड र वेस्ट इण्डिज भिड्दै
काठमाडौं, २८ माघ । आइसिसी टी-२० विश्वकपमा बुधबार तीन खेल हुँदैछन्।
समूह(डी)मा रहेको दक्षिण अफ्रिका र अफगानिस्तान, समूह (बी) का अस्ट्रेलिया र आयरल्याण्ड तथा समूह सी बाट इंग्ल्याण्ड र वेस्ट इण्डिजबीचको खेल आज हुन लागेको हो।
अस्ट्रेलिया र आयरल्याण्डबीचको खेल श्रीलंकाको कोलम्बोस्थित आर प्रेमदासा स्टेडियममा अपराह्न सवा ३ बजे हुनेछ।
अस्ट्रेलियाको यो पहिलो खेल हो। आयरल्याण्ड यसअघि पहिलो खेलमा श्रीलंकासँग पराजित भइसकेको छ।
बाँकी दुई खेलहरू भारतमा हुनेछन्।
पहिलो खेल बिहान सवा ११ बजे दक्षिण अफ्रिका र अफगानिस्तानबीच अहमदावादस्थित नरेन्द्र मोदी स्टेडियममा हुनेछ।
दुवै टोलीले दोस्रो खेल खेल्न लागेका हुन्।
दक्षिण अफ्रिकाले पहिलो खेलमा क्यानडालाई हराएको थियो। अफगानिस्तान भने पहिलो खेलमा न्युजिल्याण्डसँग पराजित भएको थियो।
बेलुकी सवा ७ बजे नेपाल रहेको समूह (सी)को खेलमा इंग्ल्याण्ड र वेस्ट इण्डिज भिड्दैछन्।
दुवै टोलीले आफ्नो दोस्रो खेल खेल्न लागेका हुन्।
पहिलो खेलमा इंग्ल्याण्डले नेपाललाई पराजित गरेको थियो भने वेस्ट इण्डिजले स्कटल्याण्डलाई हराएको थियो।
दुई टोलीबीचको खेल कोलकातास्थित वानखेडे स्टेडियममा हुनेछ।















प्रतिक्रिया दिनुहोस्