सुनको भाउ सामान्य बढ्यो भने चाँदीको घट्यो

काठमाडौं, २७ माघ । नेपाली बजारमा मंगलबार सुनको भाउ सामान्य बढेको भने चाँदीको घटेको । हिजो सोमबार तोलामा ४ हजार १ सय रुपैयाँले बढेको सुन आज मंगलबार ९ सय रुपैयाँ मात्र बढेको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सुनको भाउ आज तोलामा ३ लाख ५ हजार ५ सय रुपैयाँ कायम भएको छ ।

सोमबार सुनको भाउ तोलाको ३ लाख ४ हजार ६ सय रुपैयाँ थियो । यस्तै आइतबार सुन तोलाको ३ लाख ५ सय रुपैयाँ थियो ।

त्यसैगरी, आज मंगलबार चाँदीको भाउ भने सामान्य घटेको छ । हिजो सोमबार ५ हजार २ सय ५० रुपैयाँमा कारोबार भएको चाँदी आज ५ हजार २ सय ४० रुपैयाँ कायम छ ।

प्रतिक्रिया दिनुहोस्