सामाजिक सञ्जाल विधेयक फिर्ता लिने प्रस्ताव राष्ट्रिय सभाबाट सर्वसम्मत पारित
काठमाडौंं, २६ माघ । सरकारले फिर्ता लिने निर्णय गरेको सामाजिक सञ्जाल विधेयकलाई राष्ट्रिय सभाले सर्वसम्मत रूपमा अनुमोदन गरेको छ।
आज बसेको राष्ट्रिय सभाको बैठकले विचाराधीन रहेको ‘सामाजिक सञ्जाल विधेयक, २०८१’ औपचारिक रूपमा फिर्ता भएको घोषणा गरेको हो। सभाका अध्यक्ष नारायण दाहालले उक्त प्रस्ताव निर्णयार्थ प्रस्तुत गरेपछि विधेयक फिर्ता भएको जानकारी गराएका थिए।
यसअघि विधायन व्यवस्थापन समितिकी सभापति तुलसाकुमारी दाहालले सामाजिक सञ्जाल विधेयकसम्बन्धी समितिको प्रतिवेदन सभामा पेस गरेकी थिइन्।
राष्ट्रिय सभाको ०८२ भदौ १३ गतेको बैठकले उक्त विधेयक दफावार छलफलका लागि विधायन व्यवस्थापन समितिमा पठाएको थियो। समितिमा कुल ३५ जना सांसदहरूले १५५ वटा संशोधन प्रस्ताव दर्ता गराएका थिए।
सूचना तथा सञ्चार प्रविधि मन्त्रालयले गत माघ २० गते विधेयक फिर्ता लिने निर्णय गरेको र माघ २१ गते सरकारका तर्फबाट राष्ट्रिय सभामा पत्र पठाई विधेयक फिर्ता माग गरिएको थियो।















प्रतिक्रिया दिनुहोस्