नेपाल टेलिकमको २२औँ वार्षिकोत्सवः १८ अर्ब रुपैयाँ सरकारलाई कर तिर्यो, ६ अर्ब रुपैयाँ नाफा

काठमाडौं । नेपाल टेलिकमले ६ अर्ब रुपैयाँ नाफा कमाएको छ भने, १८ अर्ब रुपैयाँ सरकारलाई कर तिरेको छ । टेलिकमले आफ्नो स्थापनाको २२औँ वार्षिकोत्सवको अवसरमा सेवा विस्तार र प्रविधि आधुनिकीकरणका क्षेत्रमा उल्लेखनीय फड्को मारेको जनाएको छ।

एक शताब्दीभन्दा लामो इतिहास बोकेको संस्थाले २३औँ वर्षमा प्रवेश गर्दा देशभरका ७७ वटै जिल्लाका ७ सय ४९ स्थानीय तहमा फोरजी–एलटीई सेवा विस्तार गरेको छ । कम्पनीले अब हुम्ला र मुगुका केही दुर्गम क्षेत्रमा मात्र यो सेवा पुर्याउन बाँकी छ ।

ग्राहक सेवालाई थप प्रभावकारी बनाउन कम्पनीले उच्च गतिको फाइबर इन्टरनेटको पहुँच २२ लाख ६५ हजार घरधुरीमा विस्तार गरेको छ । जसमध्ये ८ लाख ४९ हजारभन्दा बढीले सक्रिय रुपमा यसको प्रयोग गरिरहेका छन् ।

हाल कम्पनीको कुल ग्राहक संख्या २ करोड १९ लाख भन्दा बढी पुगेको छ ।

वार्षिकोत्सवको अवसरमा ग्राहकका लागि कम्पनीले विभिन्न आकर्षक अफरसमेत सार्वजनिक गरेको छ । २२२ रुपैयाँमा २२ दिनका लागि डेटा, भ्वाइस र एसएमएस प्याक सार्वजनिक गरिएको छ । २२ रुपैयाँमा प्रिपेड सिमकार्ड र एफटीटीएच जडानमा छुट दिइएको छ । पुराना बाँकी बक्यौता भुक्तानी गर्दा जरिवाना मिनाहा गर्ने र विद्यार्थीका लागि विशेष प्याकेजको अवधि थप गरिएको बताइएको छ ।

ण्

प्रतिक्रिया दिनुहोस्