२० प्रतिशत हकप्रद अनुमति माग्दै उन्नति माइक्रोफाइनान्स पुग्यो धितोपत्र बोर्ड

काठमाडौं । उन्नति माइक्रोफाइनान्सले २० प्रतिशत हकप्रद जारी गर्ने भएको छ । माइक्रोफाइनान्सले चुक्ता पूँजी बढाउन २० प्रतिशत हकप्रद जारी गर्ने भएको हो । हकप्रद जारी गर्न माइक्रोफाइनान्सले धितोपत्र बोर्डमा जेठ २० गते अनुमति माग्दै निवेदन दिएको छ ।
माईक्रोफाइनान्सको गत चैत २१ गते सम्पन्न साधारण सभामा २५ प्रतिशत हकप्रद प्रस्ताव गरेपनि प्रस्ताव संसोधन गरेर २० प्रतिशत हकप्रद जारी गर्ने प्रस्ताव पारित गरेको थियो ।
हाल माइक्रोफाइनान्सको चुक्ता पूँजी पाँच करोड ५० लाख रुपैयाँ रहेको छ । पश्चात माइक्रोफाइनान्सको पूँजी ६ करोड ६० लाख रुपैयाँ पुग्नेछ ।
प्रतिक्रिया दिनुहोस्