सुन र चाँदीको भाउ आज फेरि बढ्यो
काठमाडौं, २० माघ । नेपाली बजारमा सुनको भाउ आज फेरि बढेको छ ।
तीन दिन निरन्तर घटिरहेको सुनको भाउ आज मंगलबार तोलामा ३ हजार ७ सय रुपैयाँले बढेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
मंगलबार सुनको भाउ प्रतितोला २ लाख ९० हजार ३ सय रुपैयाँ कायम छ ।
आइतबारको तुलनामा हिजो सोमबार सुन प्रतितोला १३ हजार ४ सय रुपैयाँले घटेर २ लाख ८६ हजार ६ सय रुपैयाँ कायम थियो ।
आज चाँदीको भाउ पनि बढेको छ । चाँदी प्रतितोला १ सय ३५ रुपैयाँले बढेर ५ हजार ३ सय ३५ रुपैयाँ कायम छ ।
हिजो सोमबार चाँदी ५ हजार २ सय रुपैयाँमा किनबेच भएको थियो । यसले सुनको मुल्य घटबढले अन्योलता छाएको छ ।















प्रतिक्रिया दिनुहोस्