यूएईले २ सय ६७ जना नेपाली कैदीलाई आममाफी दिए दियो
काठमाडौं, १८ माघ । संयुक्त अरब इमिरेट्स (यूएई) ले २ सय ६७ जना नेपाली कैदीलाई आममाफी दिएको छ ।
यूएई आफ्नो ५४औँ राष्ट्रिय दिवस ९ईद अल इत्तिहाद० को अवसरमा नेपाली कैदीलाई आममाफी दिएको हो ।
परराष्ट्र मन्त्रालयले आज प्रेस विज्ञप्ति जारी गर्दै यूएईले नेपाली कैदीलाई आमाफी दिएको बताएको हो ।
आममाफी पाएका नेपाली नागरिकले अन्य कुनै विचाराधीन कानुनी मुद्दा वा प्रतिबन्ध बाँकी नरहेको अवस्थामा यूएईको प्रचलित कानून अनुसार आवश्यक कानूनी प्रक्रिया पूरा गरेर नेपाल आउने सक्ने छन् ।















प्रतिक्रिया दिनुहोस्