सुन तोलामा १८ हजार ८०० रुपैयाँ मुल्य घट्यो, चाँदीमा कति ?

काठमाडौं, १८ माघ । नेपाली बजारमा आज पनि सुन र चाँदी दुबै धातुको मूल्य घटेको छ । शुक्रबारको तुलनामा दुवै धातुको मूल्य घटेको हो ।
प्रतितोला १८ हजार ८०० रुपैयाँ र चाँदीको मूल्य तोलामा एक हजार ५६५ रुपैयाँले घटेको हो ।

पछिल्लो दुई दिनदेखि सुन र चाँदीको मूल्यमा निरन्तर भारि गिरावट भएको हो । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार यस दिन छापावाल सुनको मूल्य प्रतितोला ३ लाख रुपैयाँमा कारोबार भइरहेको छ । गत शुक्रबारको बजारमा सुनको मूल्य प्रतितोला ३ लाख १८ हजार ८०० रुपैयाँमा कारोबार भएको थियो ।

यस दिन चाँदीको मूल्य तोलामा एक हजार ५६५ रुपैयाँले घटेको छ । आजको बजारमा चाँदी प्रतितोला ५ हजार ५०० रुपैयाँमा खरिद बिक्री भइरहेको छ । गत शुक्रबारको बजारमा चाँदी प्रतितोला ७ हजार ६५ रुपैयाँमा खरिदबिक्री भएको थियो ।

 

 

प्रतिक्रिया दिनुहोस्