प्रहरीको रासन रकम वृद्धि गर्ने मन्त्रिपरिषद्को निर्णय
काठमाडौंं, १५ माघ । सरकारले नेपाल प्रहरीको रासन रकम वृद्धि गर्ने निर्णय गरेको छ ।
बिहीबार प्रधानमन्त्री निवास बालुवाटारमा बसेको मन्त्रिपरिषद् बैठकले रासन रकम वृद्धि गर्ने निर्णय गरेको हो ।
गृहमन्त्री समेत रहेका सरकारका प्रवक्ता ओमप्रकाश आर्यालले आगामी फागुन १ गतेदेखि लागू हुनेगरी रासन स्केल र दैनिक रकम वृद्धि गर्ने निर्णय भएको जानकार िदिए । ।
‘२०८२/११/१ गतेदेखि लागू हुनेगरी नेपाल प्रहरीको रासन स्केल र रासन बापतको दैनिक रकम वृद्धि गर्ने निर्णय बताए । अर्यालले भने । तर, कति रकम वृद्धि गरिएको भन्नेबारे जानकारी उनले गराएका छैनन् । यसको विस्तृत जानकारी आएको छैन । आजको मन्त्रीपरिषद्ले अन्य धेरै निर्णहरु गरेको छ ।















प्रतिक्रिया दिनुहोस्