कबड्डि संघको साधारणसभाबाट चार करोड ६० लाखको बजेट पारित

काठमाडौँ, १२ माघ । अखिल नेपाल कबड्डि संघको चौथो बार्षिक साधारणसभाले आगामी आवका लागि चार करोड ६० लाखको बजेट पारित गरेको छ।

काठमाडौँमा आयोजित उक्त सभामा आर्थिक प्रतिवेदन अनुमोदन गरिएको हो। देशभरका ४२ जिल्ला संघले मान्यता प्राप्त गरेको संघले कबड्डि खेललाई राष्ट्रिय तथा अन्तराष्ट्रिय स्तरमा प्रवर्द्धन गर्दै खेलाडीको हक हित संरक्षणका लागि विभिन्न कार्यक्रम सञ्चालन गर्ने महासचिव अरविन्द झाले जानकारी दिनुभयो।
नेपाल ओलम्पिक कमिटीका उपमहासचिव रामजी बहादुर श्रेष्ठले संघलाई सक्दो सहयोग गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो।

सभामा ३५ जिल्लाका प्रतिनिधिको सहभागिता रहेको थियो। यसैबीच २१औ महिला तथा २५औ पुरुष राष्ट्रिय कबड्डि प्रतियोगिता आजदेखि सञ्चालन गर्ने जनाइएको छ।

प्रतिक्रिया दिनुहोस्