भुजुङ्ग हाइड्रोपावरको प्राथमिक शेयर निष्काशन

काठमाडौँ, १२ माघ । भुजुङ्ग हाइड्रोपावर कम्पनी लिमिटेडले आजदेखि सर्वसाधारणका लागि प्राथमिक शेयर निष्काशन गरेको छ ।
कम्पनीले आठ करोड ३० लाख रुपैयाँबराबरको प्रतिकित्ता १०० रुपैयाँका दरले आठ लाख ३० हजार कित्ता शेयर सर्वसाधारण लगानीकर्ताका लागि निष्काशन गरेको हो ।

कम्पनीले पूँजी १ अर्ब रुपैयाँको २० प्रतिशतले हुन आउने २० करोड रुपैयाँबराबरको २० लाख कित्ता शेयर निष्काशन गर्ने अनुमति पाएकामा पहिलो चरणमा १० लाख कित्ता साधारण शेयर आयोजना प्रभावित क्षेत्रका स्थानिय बासिन्दाका लागि तथा एक लाख कित्ता साधारण शेयर वैदेशिक रोजगारीमा क्रियाशिल नेपालीका लागि निष्काशन गरेको थियो । त्यो शेयर बाँडफाँट गरिसकिएको छ।

कम्पनीले दोस्रो चरणमा ५० हजार कित्ता सामूहिक लगानी कोष र २० हजार कित्ता शेयर आफ्ना कर्मचारीहरुका लागि सुरक्षित राखेको जनाइएको छ ।

प्रतिक्रिया दिनुहोस्