राष्ट्रिय सुरक्षा परिषद्को बैठक सुरु
काठमाडौं, १२ माघ। निर्वाचन नजिकिदै गर्दा राष्ट्रिय सुरक्षा परिषद्को बैठक सुरु भएको छ । सिंहदरबारस्थित राष्ट्रिय सुरक्षा परिषद्को कार्यालयमा बैठक बसेको हो ।
अहिले बैठकमा छलफल जारी रहेको सहभागी एक सदस्यले बताए । पछिल्लो सुरक्षास्थिति र आगामी निर्वाचनबारे परिषदमा छलफल हुने बताइएको छ ।
राष्ट्रिय सुरक्षा परिषद्मा प्रधानमन्त्री अध्यक्ष रहन्छन् । रक्षामन्त्री, गृहमन्त्री, परराष्ट्रमन्त्री, अर्थमन्त्री, मुख्य सचिव, प्रधानसेनापति र रक्षा सचिव सदस्य सचिव रहने व्यवस्था छ । निर्वाचनलाई लक्षित गरि यो बैठकले विभिन्न निर्णयहरु गर्ने छ ।















प्रतिक्रिया दिनुहोस्