यी कम्पनीले गरे फेक रेस्क्यू

काठमाडौं, ११ माघ । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)ले पर्वतारोहण तथा ट्रेकिङका लागि आएका विदेशी पर्यटकलाई ठगी गर्दै कसरी फेक रेस्क्यू हुँदै आएको छ भन्नेबारे जानकारी गराएको छ ।

सीआईबीले आइतबार पत्रकार सम्मेलन गरी तीन वटा कम्पनीमार्फत फेक रेस्क्यू भएको जानकारी दिएको हो ।

माउन्टेन रेस्क्यू सर्भिस प्रालिले १२४८ जनामध्ये १७१ जनाको फेक रेस्क्यू गरेको सीआईबीको अनुसन्धानबाट खुलेको हो । योबाट उसले १० करोड बढी अमेरिकी डलर बीमा दाबी गरेको पाइएको छ ।

त्यस्तै नेपाल चार्टर सर्भिस प्रालिले ४७१ जना रेस्क्यू गर्दा ७५ जनाको फेक रेस्क्यू गरेको खुलेको छ । उनीहरूले ८२ लाख डलर माग दाबी गरेको अनुसन्धानमा खुलको छ ।

त्यस्तै एभरेस्ट एक्सपिरियन्स एण्ड एसिस्टेन्स प्रालिले ६०१ जनामध्ये ७१ पर्यटकको शंकास्पद रेस्कयू गरेको पाइएको हो । उनीहरूले यसबापत ११ लाख ५३ हजार अमेरिकी डलर माग दाबी गरेको पाइएको छ । यसका सञ्चालक को को हुन् भन्ने कुरा आउन बाँकी छ ।

प्रतिक्रिया दिनुहोस्