कांग्रेस बदलिएर निर्वाचनमा होमियोः सभापति थापा

काठमाडौं, ९ माघ । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले कांग्रेस बदलिएर निर्वाचनमा होमिएको बताएका छन् । निर्वाचित भएपछि पहिलोपटक पार्टी केन्द्रीय कार्यालय सानेपामा बदबहाली गरेर सञ्चारकर्मीसँग कुरा गर्दै उनले निर्वाचनको तयारीमा लाग्न नेता कार्यकर्तालाई निर्देशन दिएका हुन् ।

उनले यसपटक उम्मेदवार छनोटको विधि अर्कोपटक सच्चिने र अझै समावेश हुने पनि बताए । ‘अर्कोपटकदेखि कांग्रेसको उम्मेदवार यसरी चयन हुँदैन । जिल्लाकै साथीहरूले मत हालेर टुंग्याउनुहुन्छ । समयको चापमा काम गर्न भ्याइएन,’ उनले भने, ‘चाहेभन्दा फरक गर्न सक्छौँ भन्दा पनि सकिएन । समय भएको भए योभन्दा समावेशी बनाउन सक्थ्यौँ ।’

उनले उम्मेदवार छनोटमा केही कमजोरी भएको स्वीकार्दै थपे, ‘केही त्रुटि भएका छन् कमजोरी भएका छन् । म सभापतको हैसियतले भन्छु( त्रुटि भएको कुरालाई, अप्ठ्यारोलाई बुझिदिनुहोला ।’

उनले संसदीय चुनावअघि प्रधानमन्त्री चयन गरेर जाने कुरा आजको बैठकमा सर्वसम्मत रुपमा पारित भएको पनि जानकारी गराए । आजको बैठकले सभापति थापालाई नै प्रधानमन्त्रीको उम्मेदवार घोषणा गरेर निर्वाचनमा होमिने निर्णय गरेको हो ।

उनले पार्टी आफूहरूले नै बदलेको बताए । ‘यो कांग्रेस आफैँ बद्लिएको हैन हाम्ले बदलेको हो । हामीले कांग्रेस बदल्यौँ,’ उनले भने, ‘अब यो देशलाई पनि बदल्छ । यो संकल्पका साथ कांग्रेस निर्वाचनमा होमिएको छ ।१६५ निर्वाचन क्षेत्रमा रहनु भएका १० लाख क्रियाशील सदस्यहरूलाई आह्वान गर्छु( पार्टीभित्रमा पनि भिन्न मत छ । अधिवेशनकै सन्दर्भमा कुरा छ छलफल गरौँला ।’

ण्ठढ को निर्वाचनमा आफू विभिन्न जिल्लामा जाँदा रुखमै भोट हाल्ने व्यवस्था गर्न नेता कार्यकर्ताले भनेको आफूले सम्झिरहेको भन्दै उनले भने, ‘०७९ को निर्वाचनमा प्रतिकूल समयमा २७ लाख मतदाताले कांग्रेसलाई मत हाल्नु भयो । अरु कुरा पछि गरौँला – म थुप्रै ठाउँमा गएको थिएँ । तपाईंहरूको कुरा थियो – कांग्रेस भएर रुखमा मतदान गर्ने र व्यवस्था गर्नुस् । यो बनाएका छौँ ।’

उनले नेता कार्यकर्तालाई आफ्नै निर्वाचन क्षेत्रमा खटिन पनि निर्देशन दिए । ‘अर्काको निर्वाचन क्षेत्रमा गएर मद्दत हुँदैन ।
निर्वाचनको बेलामा नेता कार्यकर्ताका लागि आचारसंहिता बनाउछौँ । पालना गर्नुपर्छ । अरु पार्टीलाई पनि आह्वान गर्छौँ । फेयर प्ले, फेयर गेम चाहन्छौँ’ थापाले भने।

 

प्रतिक्रिया दिनुहोस्