लगभग १०० सिटमा हामी जित्न सक्छौँः कांग्रेस महामन्त्री घिमिरे
काठमााडौं, ८ माघ । नेपाली कांग्रेसका महामन्त्री गुरुराज घिमिरेले समानुपातिकमा कम्तीमा ३५ लाख मत पाउने दाबी गरेका छन्। विराटनगरमा पत्रकारहरूसँग कुरा गर्दै उनले पार्टी अहिले एक ढिक्का भइसकेको जिकिर गर्दै सबै नता कार्यकर्तामा उत्साह भएकाले पहिलाभन्दा धेरै मत बढ्ने दावी गरे ।
उनले भने, ‘प्रत्यक्षतर्फ पनि हामीले अघिल्लो निर्वाचनमा जितेकासहित एक हजार भन्दा कम मतान्तरले हारेका सीटहरूमा हामीले दृष्टि पुर्याउँदा लगभग १०० सिटमा हामी जित्न सक्छौँ भन्ने पूर्वानुमान गरेका छौँ।’उनले चुनावपछि संसदीय दलको नेता पार्टी सभापति गगन थापा सर्वसम्मत बन्ने दावी गरे ।
उनले भने, ‘संसदीय व्यवस्था भएका मुलुकमा यो अभ्यास छ। संसदीय दलमा सर्वसम्मत हुनुहुन्छ। त्यहाँ भोटिङ हुँदैन। गगन थापा चाहिँ सर्वसम्मत संसदीय दलको नेता बन्नुहुन्छ र भावी प्रधानमन्त्री बन्नुहुन्छ।’ यसले गर्दा भावी प्रधानमन्त्री गगन थापालाई घोषणा गरेर जाँदा आम मतदाताले काँग्रृसलाई मत दिने उनले बताए ।
उनले पार्टीको १५ औँ महाधिवेशन वैशाखमा गर्न व्यवहारिक नहुने बताए।
उनले भने, ‘एक वर्ष भन्दा बढी यसलाई लम्ब्याउन सक्दैनौँ। हामी बाँधिएका छौँ। संसदीय निर्वाचनको रिजल्ट आएपछि परिणाम आएर सरकार गठन गर्दा नगर्दै हाम्रो चैत लाग्न सक्छ। अब वैशाखमा गर्न मलाई व्यवहारिक देख्दिनँ। त्यसो भएको हुनाले आगामी पुस मसान्तभित्र हामीले महाधिवेशन गरिसक्नुपर्छ।’
भोलि नेपाली काँग्रेुको केन्द्रिय कमिटिको बैठक पार्टी कार्यालय सानेपा बस्दै छ ।















प्रतिक्रिया दिनुहोस्