नेप्सेमा शेयर कारोबार सुचारु
काठमाडौं । लगानीकर्ताहरुको मङ्गलवार र बुधवार बिहान भएको आन्दोलनका कारण बन्द भएको शेयर कारोबार १ बजेदेखि सुचारु भएको छ । १ः३० बजेसम्मको अवधिमा तीन कम्पनीको ४ पटकको व्यापारमा २ सय ४० कित्ता शेयरको रू। १ लाख ३९ हजार बराबरको शेयर कारोबार भएको छ ।
फर्स्ट माइक्रोफाइनान्स वित्तीय संस्था, प्रिमियर इन्स्योरेन्स र सिभिल बैङ्कको शेयर कारोबार भएको छ । लगानीकर्ताले सरकारको पछिल्लो निर्णयको विरोध गर्दै कारोबार बन्द गरेका थिए । कारोबार बन्द भएपछि अहिलेका लागि पुरानै विधिबाट पूँजीगत लाभकर गणना गर्न अर्थ मन्त्रालयले आन्तरिक राजस्व विभागलाई पत्र पठाएपछि कारोबार खुलेको हो ।















प्रतिक्रिया दिनुहोस्