काठमाडौँका १० वटै निर्वाचन क्षेत्रमा २५४ जनाले उम्मेदवारी दर्ता गराए

काठमाडौं ६ माघ । काठमाडौँका १० वटै निर्वाचन क्षेत्रमा उम्मेदवारहरूले मनोनयन दर्ता गरेका छन् ।

मंगलबार उनीहरुले आ–आफ्नो निर्वाचन अधिकृतको कार्यालयमा उम्मेदवारी दर्ता गराएका हुन् ।

काठमाडौँका १० वटै निर्वाचन क्षेत्रमा २५४ जनाले उम्मेदवारी दर्ता गराएका मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।

१ नम्बर निर्वाचन क्षेत्रमा ३०, २ नम्बर क्षेत्रमा २२, ३ नम्बर क्षेत्रमा २४ जनाको उम्मेदवारी परेको छ । त्यस्तै ४ नम्बर क्षेत्रमा २८, ५ नम्बर क्षेत्रमा २६, ६ नम्बर क्षेत्रमा २२, ७ नम्बर क्षेत्रमा २८ जनाको उम्मेदवारी परेको छ ।

८ नम्बर क्षेत्रमा २२, ९ र १० नम्बर क्षेत्रमा २६र२६ जनाको उम्मेदवारी परेको छ ।

प्रतिक्रिया दिनुहोस्