लाभकरको बिषयमा सरकार पछि हट्यो, केहीबेरमा सेयर कारोबार सुचारु
काठमाडौं । अर्थमन्त्रालयको निर्देशन पछि बोनस र हकप्रद सेयरमा पुरानै विधिबाट पुँजीगत लाभकर गणना हुने भएको छ । बुधबार अर्थमन्त्रालयले तत्कालका लागि पुरानै विधिबाट कर गणना गर्न आन्तरिक राजस्व विभागलाई पत्र काटे पछि बुधबारको शेयर कारोबार खुल्ने भएको छ ।
मंगलबार सरकारले अर्थमन्त्रालयका सह सचिव उत्तर कुमार खत्रीको संयोजकत्वमा १५ दिनभित्र प्रतिवेदन बुझाउने गरी अध्ययन समिति गठन गरेको थियो ।
आन्तरिक राजस्व विभागले धितोपत्र बोर्ड, स्टक एक्सचेञ्ज र सीडीएस एण्ड क्लियरिङलाई पत्र पठाउन साथ बुधबार सेयर कारोबार सुचारु हुनेछ ।
विभागले जेठ १८ गते बोनस र हकप्रद सेयरमा पनि अंकित मूल्यका आधारमा लाभकर गणना गर्न निर्देशन दिएको थियो । सरकार आफ्नो निर्णयबाट पछि हटेपछि केहीबेरमा सेयर कारोबार सुचारु हुनेछ ।















प्रतिक्रिया दिनुहोस्