धादिङ क्षेत्र नं. २ मा काँग्रेसबाट रमेश धमलाले गरे उम्मेदवारी दर्ता, धादिङ्गको विकास नै निर्वाचन जित्ते बलियो आधार
काठमाडौं, ६ माघ । धादिङ, प्रतिनिधिसभा क्षेत्र नं. २ मा नेपाली काँग्रेसका केन्द्रीय सदस्य तथा नेता रमेश धमलाले उम्मेदवारी दर्ता गराएका छन् ।
आगामी फागुन २१ गते सम्पन्न हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि आज नेपाली कांग्रेसबाट धमलाले निर्वाचन कार्यालय, धादिङ पुगी उम्मेदवारको मनोनयन दर्ता गराएका हुन् ।
मनोनय दर्ता गराउँदै नेता धमलाले तपाईंहरूको दुःखसुखमा आफूलाई निरन्तर समर्पित गरेको म उम्मेदवारका रूपमा आफ्नो स्पष्ट कार्ययोजना र पार्टीको संकल्प पत्रका साथमा तपाईंहरूसँग भेटघाट गर्न तपाईंहरूकै टोल÷बस्तीमा वा कुनै माध्यमबाट सम्पर्कमा रहनेनैछु । मलाई अपेक्षा छ, मलाई तपाईंहरूको अमूल्य मत र आशीर्वाद रहनेछ उनले भने यहारुको सुख दुःख र धादिङ्गको समृद्धको लागि निर्वाचित गराउनु हनु अनुरोध छ ।
उनले पार्टी र समाज सेवालाईसँगै लगेका छन् । नेपालको पर्यटन क्षेत्र र विकासलाई आधरा बनाई राजनीतिमा लागेको धमला प्रखर र निधर नेताको रुपमा परिचित छन् । उनीसँग सबैलाई मिलाएर लैजान सक्ने क्षमतासमेत छ । धादिङ्गको विकासका लागि निकै महत्वपूर्ण काम गरेका धमलाको लागि यो नै निर्वाचन जित्ते बलियो आधार हो । उनको पक्षमा जनाधार पनि बलियो र निर्वाचन जित्न सक्ने भएकाले नै पार्टीले विश्वा गरि उम्मेदवार बनाएको नेता तथा कार्यकर्ताको भनाई छ ।















प्रतिक्रिया दिनुहोस्