काठमाडौं क्षेत्र नं. मा प्रकाशमान सिंहले पाएन टिकट, प्रबल थापा उम्मेदवार

काठमाडौं, ६ माघ । नेपाली कांग्रेसले पार्टीका पूर्वमहामन्त्री प्रकाशमान सिंहलाई यसपटक टिकटबाट वञ्चित गरेको छ ।

२०६४ सालदेखि लगातार सबै चुनाव काठमाडौंबाट जित्दै आएका सिंहलाई यो पटक कांग्रेसले टिकट नदिएको हो ।

पूर्वउपप्रधानमन्त्रीसमेत रहेका सिंह यसअघि काठमाडौं–१ बाट विजयी बनेका थिए । उनलाई सभापति गगनकुमार थापाले ७ नम्बरमा जान भनेका थिए ।

कांग्रेसले क्षेत्र नम्बर १ मा प्रबल थापालाई उम्मेदवार बनाएको छ। उनी सभापति गगन थापानिकट मानिन्छन् ।

 

प्रतिक्रिया दिनुहोस्