धरानका मेयर हर्कराज राईले पदबाट राजीनामा दिए

काठमाडौं, ४ माघ । धरानका मेयर हर्कराज राईले पदबाट राजीनामा बुझाएका छन् ।

उनले आज अबेर उपप्रमुख आइन्द्रविक्रम बेघा समक्ष उनले राजीनामा पत्र बुझाएका हुन् ।

यसअघि उनले राजीनामा दिन आउने भन्दै दिनभरि बेघालाई कुराएका थिए ।

उनले प्रतिनिधिसभाको निर्वाचनमा उम्मेदवार हुनका लागि राजीनामा दिएको राजीनामा पत्रमा उल्लेख छ ।

प्रतिक्रिया दिनुहोस्