नेपाली बजारमा आइतबार पनि सुनको मुल्य

काठमाडौं, ४ माघ। नेपाली बजारमा आइतबार पनि सुनको मुल्य बढेको छ , सुनको भाउ तोलामा ६ सय रुपैयाँ बढेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघले यस दिनका लागि सुनको भाउ प्रतितोला २ लाख ७७ हजार ८ सय रुपैयाँ तोकेको छ । अघिल्लो दिन २ लाख ७७ हजार २ सय रुपैयाँमा कारोबार भएको थियो ।

गत बुधबार सुनको मूल्य हालसम्मकै उच्च प्रतितोला २ लाख ७८ हजार रुपैयाँमा कारोबार भएको थियो ।
चाँदी आज तोलामा २० रुपैयाँ घटेको छ । अघिल्लो दिन प्रतितोला ५ हजार ६४५ रुपैयाँमा कारोबार भएको चाँदी आज ५ हजार ६२५ रुपैयाँमा झरेको छ । चाँदीको भाउ गत बुधबार हालसम्मकै उच्च प्रतितोला ६ हजार ६५५ रुपैयाँ पुगेको थियो ।

प्रतिक्रिया दिनुहोस्