आईसीसी महिला टी २० विश्वकप ग्लोबल छनोटको तयारी पूरा, पहिलो खेलमा नेपालले थाइल्याण्डसँग खेल्ने
काठमाडौंं ३ माघ । आइतबारदेखि काठमाडौंमा सुरु हुने आईसीसी महिला टी २० विश्वकप ग्लोबल छनोटका लागि सबै टिमहरू तयार रहेको बताएका छन् ।
शनिबार साँझ नेपाल क्रिकेट संघ ९क्यान० ले आयोजना गरेको प्रि म्याच प्रेस कन्फरेन्समा सबै टिमका कप्तानले प्रतियोगिताका लागि तयार रहेको बताएका हुन् ।
कार्यक्रममा बोल्दै नेपाली क्रिकेट टिमकी कप्तान इन्दु बर्माले प्रतियोगिताका लागि उत्साहित रहेको बताइन् । ‘हामी राम्रो क्रिकेट खेल्नेछौं । घरेलु मैदानमा खेल्न उत्साहित छौं, प्रतियोगिता राम्रो हुनेछ भन्ने लागेको छ । १८ वर्षपछि यो मौका पाएका छौं,’ इन्दुले भनिन्, ‘ठूला टिमसँग खेल्न पाएका छौं । अभ्यास खेलबाट धेरै कुरा सिक्ने अवसर पायौं । उत्साहित छौं, कन्फिडेन्ट पनि छौं ।’
यो नेपालले आयोजना गर्न लागेको हालसम्मकै ठूलो प्रतियोगिता हो । यस्तो प्रतियोगिताले आउने पुस्तालाई पनि प्लाटफर्म सेट गर्न मद्दत पुग्ने कप्तान इन्दुले बताइन् । ‘महिला क्रिकेटका लागि टर्निङ पोइन्ट नै हो । हामीले जति मेहेनत गरेका छौं, आगामी पुस्ताका लागि पनि राम्रो वातावरण बनाउने प्रयास गरेका छौं । प्लाटफर्म पनि सेट । क्यानलाई पनि अवसर हो,’ उनले भनिन् ।
यस्तै अन्य टिमका कप्तानले पनि अभ्यास खेलमा कन्डिशन बुझ्ने अवसर पाएको र प्रतियोगिताका लागि तयार रहेको बताए ।
भोलिदेखि सुरु हुने प्रतियोगिताको पहिलो खेलमा नेपालले थाइल्याण्डसँग खेल्ने छ ।















प्रतिक्रिया दिनुहोस्