सुनचाँदीको मूल्यमा आज पनि सामान्य वृद्धि

काठमाडौँ, २ माघ । नेपाली बजारमा सुनचाँदीको मूल्यमा आज पनि सामान्य वृद्धि भएको छ । विगत पाँच दिनदेखि निरन्तर उकालो लागेको सुन र चाँदीको मूल्य आज पनि बढेको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज तोला सुनको मूल्य रु. दुई लाख ७७ हजार २०० त्यति नै चाँदीको मोल रु पाँच हजार ६४५ कायम भएको छ । बिहीबार एक तोला सुन रु. दुई लाख ७६ हजार ५०० र त्यति नै परिमाणको चाँदी रु पाँच हजार ४८५ मा कारोबार भएको थियो ।

बुधबार एक तोला सुन रु. दुई ७८ हजार र चाँदीको मुल्य रु पाँच हजार ६५५ मा कारोबार भएको थियो । मङ्गलबार एक तोला सुन रु दुई लाख ७६ हजार ५०० र चाँदीको मुल्य रु पाँच हजार ३४० मा कारोबार भएको थियो ।

गत आइतबार प्रतितोला रु दुई लाख ७० हजार ६०० मा कारोबार भएको छापावाला सुन हिजो तोलामा रु चार हजार १००ले बढेर दुई लाख ७४ हजार ७०० कायम भएको थियो ।

अन्तरराष्ट्रिय सञ्चारमाध्यमहरूका अनुसार आज अन्तरराष्ट्रिय बजारमा एक औँस सुन चार हजार ६१५ र त्यति नै परिमाणको सेतो धातु ९२ अमेरिकी डलरमा कारोबार भइरहेको छ ।

प्रतिक्रिया दिनुहोस्