फर्स्ट माइक्रोफाइनान्सको २६ हजार कित्ता सेयर लिलामीमा
काठमाडौं । फर्स्ट माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्थाको सेयर बुधबारदेखि लिलामीमा आएको छ । माइक्रोफाइनान्सको सर्वसाधारण समूहतर्फको २६ हजार ८८४ कित्ता सेयर लिलामीमा आएको हो । यसमा न्यूनतम १०० रुपैयाँ वा यस भन्दा बढी मूल्य कबोल गरी बोलपत्र पेश गर्न सकिनेछ । न्यूनतम १०० कित्तादेखि अधिकतम सबै कित्ताका लागि आवेदन दिन पाइन्छ ।
लिलामीको बोलपत्र पेश गर्ने अन्तिम म्याद जेठ ३० गते तोकिएको छ । फर्स्टले फागुन १८ गतेदेखि चैत २३ गतेसम्म ५० प्रतिशत हकप्रद निष्कासन गर्दा नबिकेको सेयर लिलामीमा ल्याएको हो ।















प्रतिक्रिया दिनुहोस्