आशा लघुवित्तले आईपीओ निष्कासन गर्ने

काठमाडौं । नुवाकोटको मदनपुरमा केन्द्रिय कार्यालय रहेको आशा लघुवित्त वित्तीय संस्था लिमिटेडले साधारण सेयर (आईपीओ) निष्कासन गर्ने भएको छ । कम्पनीले कुल जारी पुँजीको ३० प्रतिशत अर्थात ३ करोड रुपैयाँ बराबरको ३ लाख कित्ता आईपीओ निष्कासन गर्ने भएको हो ।

जसका लागि कम्पनीले आगामी मंसिर २३ गते हुने प्रथम वार्षिक साधारणसभामा आईपीओ निष्कासनको प्रस्ताव लग्ने भएको छ । साधारण सभाले आईपीओ निष्कासनको अख्तियारी सञ्चालक समितिलाई दिएपछि निष्कासनको प्रक्रिया अघि बढ्ने छ ।

राष्ट्रिय स्तरको यो लघुवित्त संस्थाको जारी पुँजी १० करोड रुपैयाँ रहेको छ ।
साथै साधारणसभाले संस्थापक समूहको तर्फबाट ४ जना सञ्चालकको निर्वाचन गर्ने भएको छ

प्रतिक्रिया दिनुहोस्