आइएमई लाइफ इन्स्योरेन्स र मुक्तिनाथ विकास बैंकबिच बैंकास्योरेन्स सम्झौता

काठमाडौं । आइएमई लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेड र मुक्तिनाथ विकास बैंकबिच बैंकास्योरेन्स सम्झौता भएको छ । उक्त बैंकबिच बैंकास्योरेन्स सम्झौतामा इन्स्योरेन्स कम्पनी तर्फबाट निमित्त महाप्रबन्धक दिनेश अमात्य र मुक्तिनाथ विकास बैंकका तर्फबाट प्रमुख कार्यकारी अधिकृत प्रदयुमन पोख्ररेलले हस्ताक्षर गरेका हुन् ।

बैंकबिच बैंकास्योरेन्स सम्झौता पश्चात सर्वसाधारण तथा बैंकका ग्राहकहरुले मुक्तिनाथ विकास बैंकको कुनै पनि शाखाबाट छिटो छरितो र सहज रुपमा आइएमई लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको जीवन बीमा गराउनका साथै जीवन बीमा सम्बन्धी जानकारी प्राप्त गर्न सक्नेछन् ।

आइएमई लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले हाल ५० स्थानबाट विभिन्न शाखा मार्फत सेवा प्रदान गर्दै आएको छ भने विभिन्न १० वटा योजनाहरु बजारमा ल्याएको छ । कम्पनीले सामान्य सावधिक, बाल शिक्षा, आजीवन, नगद र्फिता, साढे तीन गुणा रक्षावरण, अग्रीम भुक्तानी तथा आजीवनलगायतका बीमा योजना ल्याएको छ ।

आइएमई लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको मुख्य उद्देश्य न्यून भन्दा न्यून आय भएका शहरी तथा ग्रामिण भेगका व्यक्तिहरुको समेत जीवन बीमामा पहुँच पुर्याइ नेपालमा जीवन बीमा विस्तार गर्नु रहेको छ ।

 

प्रतिक्रिया दिनुहोस्