सुन र चाँदीको मूल्यमा गिरावट
काठमाडौं, २० पुस । निरन्तर घटेको सुन र चाँदीको मुल्य आईतबार पनि घटेको छ । नेपाली बजारमा सुन र चाँदीको मूल्यमा गिरावट भएको छ । सुनको मूल्य आज एकै दिन प्रतितोला दुई हजार १०० रुपैयाँले र चाँदीको मूल्य प्रतितोला २५ रुपैयाँले घटेको हो।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन प्रतितोला २ लाख ६० हजार ४०० रुपैयाँमा कारोबार भइरहेको छ । शुक्रबारको बजारमा सुनको मूल्य प्रतितोला २ लाख ६२ हजार ५०० रुपैयाँमा कारोबार भएको थियो ।
त्यस्तै, आज चाँदीको मूल्य प्रतितोला २५ रुपैयाँले घटेको छ। आजको बजारमा चाँदी प्रतितोला ४ हजार ५०० रुपैयाँमा खरिद–बिक्री भइरहेको छ । गत शुक्रबारको बजारमा भने चाँदी प्रतितोला ४ हजार ५२५ रुपैयाँमा खरिद–बिक्री भएको थियो ।















प्रतिक्रिया दिनुहोस्