सुन र चाँदीको मुल्य निरन्तर बढ्दो, रु. २ लाख ६९ हजार ३०० प्रतितोलामा कारोबार
काठमाडौं, ११ पुस । नेपाली बजारमा सुन र चाँदी दुवैको मूल्य बढेर पुनः नयाँ रेकर्ड बनाएको छ। यस दिन सुन प्रतितोला एक हजार ८०० रुपैयाँ र चाँदी तोलामा १६५ रुपैयाँ बढेर रेकर्ड बनाएको हो ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन प्रतितोला २ लाख ६९ हजार ३०० रुपैयाँमा कारोबार भइरहेको छ । सुनको यो मूल्य नै हाल सम्मको उच्च हो । यस दिन सुनको मूल्यले पुस ९ गते, बुधबारको रेकर्ड ब्रेक गर्दै नयाँ रेकर्ड बनाएको हो । बिहीबारको बजारमा भने सुनको मूल्य घटेर प्रतितोला २ लाख ६७ हजार ५०० रुपैयाँमा कारोबार भएको थियो ।
शुक्रबारको बजारमा चाँदीको मूल्य तोलामा १६५ रुपैयाँले बढेर नयाँ रेकर्ड बनाएको हो । आजको बजारमा चाँदी प्रतितोला ४ हजार ५६५ रुपैयाँमा खरिद बिक्री भइरहेको छ । चाँदीको मूल्यले पनि पुस ९ गते कायम उचाई ब्रेक गर्दै नयाँ रेकर्ड बनाएको हो । बिहीबारको बजारमा भने चाँदी प्रतितोला ४ हजार ४०० रुपैयाँमा खरिदबिक्री भएको थियो । मुल्य वृद्धिसँगै सुन खरिदकर्तालाई निकै र्का परेको छ ।















प्रतिक्रिया दिनुहोस्