सरकारको निर्णयप्रति चेम्बरको आपत्ति

काठमाडौं । नेपाल चेम्बर अफ कमर्सले अर्थमन्त्रालय अन्तर्गतको आन्तरिक राजस्व विभागले शेयर लागू गरेको नयाँ कर प्रणालीमा विरोध जनाएको छ । चेम्बरले बोनस र हकप्रद शेयर अंकित मूल्यलाई लागत मानी लाभकर उठाउने विषयमा गरेको पत्रचारप्रति चेम्बरले आपत्ति जनाएको हो ।
मंगलबार जारी गरेको विज्ञप्तिमा भनिएको छ । बोनस शेयर तथा हकप्रद शेयरको लागतमूल्य गणना गर्दा शेयरको अंकित चुक्ता मूल्यलाई लागत लिई सो आधारमा लाभको गणना गरी लाभकर असुल गर्न, गराउन गरिएको व्यवस्थाप्रति यस चेम्बर अफ कमर्सको गम्भीर ध्यानाकर्षण भएको छ।ु चेम्बरले उक्त करको व्यवस्था सर्वमान्य सिद्दान्त र अन्तर्राट्रिय प्रचलनविपरीत भएको दाबी गरेको छ ।
साथै यस्तो व्यवस्था खारेजको लागि चेम्बरको माग रहेको छ। यता, शेयर बजार लगानीकर्ताहरूको अपिलअनुसार मंगलबार सबै लगानीकर्ताहरू कारोबारमा गएका छैनन्। आइतबार ३४ र सोमबार ५ अंकले ह्रास आएको नेप्से परिसूचक मंगलबार कारोबार नै भएन। शेयर लगानीकर्ताहरू नेप्से र धितो बोर्डलगायताका निकायमा पुगी मंगलबार पनि धर्ना बसेका थिए ।

प्रतिक्रिया दिनुहोस्