नागरिक लगानी कोषको साधारणसभा पुस ३० मा हुने

काठमाडौं, ९ पुस । नागरिक लगानी कोषको  ३१औं वार्षिक  साधारणसभा पुस ३० गते  हुने भएको छ ।

उक्त सभा कोष भवन परिसरमा हुने भएको हो।
साधारणसभामा कोषको आर्थिक वर्ष २०८१/८२ को आम्दानी बाँडफाँट हिसाब विवरणमा छुट्याइएको पाँच प्रतिशत बोनस सेयर र आठ प्रतिशत नगद लाभांश पारित गर्ने एजेन्डा रहेको छ ।

त्यसैगरी सञ्चालक समितिमा सेयरधनीको तर्फबाट एक जना सञ्चालकको निर्वाचन हुने कार्य तालिकासमेत रहेको कोषले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्