युवा संघ अध्यक्ष तिवारी र व्यापारी पौडेलको हत्या गर्नेविरुद्ध मुद्दा

बुटवल । युवा संघ नेपाल रूपन्देहीका तत्कालीन जिल्ला अध्यक्ष दुर्गा तिवारी र देवदहका काष्ठ व्यवसायी बसन्त पौडेलको हत्यामा संलग्न १२ जनाविरुद्ध जिल्ला सरकारी वकिल कार्यालयले जिल्ला अदालत रुपन्देहीमा मुद्दा दायर गरेको छ ।

तिवारी र पौडेलको हत्यामा बुटवलका हरिप्रसाद श्रेष्ठ, सुजु मल्ल, उत्तम आचार्य, रोशन खड्का, देवदहका लेखनाथ न्यौपाने र तुल्सीराम न्यौपाने संलग्न रहेको भन्दै सोमबार उनीहरु विरूद्ध दुवै घटनाको मुद्दा दायर भएको हो । पौडेलको हत्यामा संलग्न सुभाष गुरुङ, राम गुरूङ, उमेश तामाङ र विजु थापा विरुद्ध पनि मुद्दा दायर गरिएको जिल्ला न्यायधिवक्ता कोषहरि निरौलाले जानकारी दिए ।

तामाङ र थापा अझै फरार छन् । यसअघि तिवारी हत्यामा संलग्न १२ र पौडेल हत्यामा संलग्न ६ जना विरुद्ध मुद्दा दायर भईसकेको न्यायधिवक्ता निरौलाले बताए । तिवारी र पौडेल हत्यामा संलग्न सबै जनालाई संगठित रुपमा कर्तव्य ज्यान र ज्यान मार्ने उद्योगमा मुद्दा दायर गरिएको जिल्ला सरकारी वकिल कार्यालयले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्